जब राजश्व सचिवले शेयर लगानीकर्ताकै अगाडिबाट धमाधम फोन घुमाए .....

Mar 14, 2019 Merolagani

बिहीबार शेयर बजारमा केही सुधारको छनक देखियो । एकातिर तत्काललाई प्यानको अन्यौलता हट्यो भने अर्कातिर लगानीकर्ता पनि आशावादी बने । चमत्कार भएको आभाष बजारले गर्यो । ...

बुधबार मध्यान्हको समयमा सिंहदरबास्थित अर्थमन्त्रालयमा रहेको कार्यकक्षमा राजश्व सचिव लालशंकर घिमिरे केही व्यक्तिहरुसँग छलफलमा व्यस्त थिए । तर उनी त्योभन्दा धेरै कसैलाई फान गर्नमा व्यस्त देखिन्थे ।

छलफलमा बसेका व्यक्तिहरुले एउटा विषय उठान गर्यो कि घिमिरेले त्यही विषयसँग सम्बन्ध राख्ने विभाग तथा निकायहरुमा तत्काल फोन गर्न आफ्ना सहयोगीलाई अह्राई रहेका थिए ।

उता सहयोगीले पनि सचिवले भने अनुसारका निकाय तथा व्यक्तिलाई फोन लगाउँदै धमाधम शेयर बजारका समस्याका बारेमा आएका विषयमा जानकारी लिन थाले । मन्त्रालयकै केही अधिकारीहरुलाई उनले फेोनबाट नै नतिजा देखिने गरी सबैलाई छफलमा बोलाउन निर्देशनात्मक आग्रह गरे ।

उल्लेखित घटनाक्रम बुधबार शेयर बजारका लगानीकर्तासँग छलफलमा बसिरहेका बेलाको हो । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे उल्लेखित शैलीमा नतिजा खोज्दै केही क्षणमा सम्बद्ध पक्षलाई गरेको ताकेताको असरका रुपमा बिहीबारको बजारलाई लिइएको छ ।

शेयर लगानीकर्ता दवाब समुह आन्दोलनको घोषणा गर्दै गर्दा राजश्व सचिव घिमिरेले भने पहिलो पटक लगानीकर्ताका नेताहरुलाई बजारका समस्याका बारेमा महत्वका साथ छलफलमा बोलाए । आन्दोलनको घोषणा गरेको समुह अनौपचारिक रुपमा बोलाइएको भन्दै छलफलमा सहभागि भएन ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल लगायतका संघका ४ जनाको टोलीसँग घिमिरेले बन्द कोठामा झण्डै अढाई घण्टासम्म चाख दिएर छलफल गरे ।

‘मलाई शेयर बजार के हो सबै थाहा छ, तर अहिलेको समस्या के हो भन्नुस । समाधानमा म फरक किसिमले अघि बढ्छु ।’ भनेर छलफल सुरु गरेका उनलाई लगानीकर्ताहरुले पनि धितोपत्र बोर्डको कार्यशैली, अनलाइन कारोबार प्रणालीको अपुर्णता लगायत विषयमा बेली बिस्तार लगाए ।

समस्या सुन्ने बित्तकै ‘समाधानको उपाय छ तपाईहरुसँग ?’ भनेर सोधेका सचिवले लगानीकर्तालाई आशावादी बनाए ।

लगानीकर्ताले अरु बेली बिस्तार लगाउँदै गर्दा सचिव घिमिरेले एक्कासी भने, ‘एकछिन है ।’

उनले कोठा बाहिर रहेका सहयोगीलाई फोन गरे अनि भने, ‘धितोपत्र बोर्डका अध्यक्षसँग मेरो अहिले नै कुरा गराई हाल्नुस् ।’

फेरी उनी लगानीकर्तासँग छलफलमा जुटे ।

लगानीकर्ताले भन्न थाले ‘प्यानमा पनि अन्यौलता भयो । खरिदमा मात्र प्यान भनेको छ । प्यान देशभरी कसरी पुर्याउने केही थाहा छैन । यो अवस्थामा शेयर बजारमा प्यान अनिवार्य गरिए शेयर बजारमा ठुलो समस्या देखिन्छ सचिवज्यू ।’

केही बेरको भलाकुसारी चल्दै गर्दा सचिवको कार्यकक्षमा उनका सहयोगीको प्रवेश हुन्छ । सचिवले सोध्छन् ‘के भयो ?’

सहयोगीले जवाफ दिन्छन, ‘धितोपत्र बोर्डका कुनै पनि नम्बरहरुमा धेरै पटक कोशसि गर्दा पनि फोन नै उठेन हजुर ।’

सचिव कड्किन्छन्, ‘कहाँबाट कति महत्वको फोन आउँछ भन्नेसम्म बिचार नगर्ने कस्तो संस्था हो त्यो ? जसरी पनि मलाई त्यँहाका अध्यक्षसँग कुरा गराउनुस् ।’

‘हस् सर ।’ सहयोगी कोठाबाट बाहिरिन्छन् ।

लगानीकर्ताको छलफलको विषयमा फेरी बोर्डको चर्चा सुरु हुन्छ । सचिवले सोध्छन्, ‘अहिले बजारमा समस्या के कारणले आएको हो ? धितोपत्र बोर्ड कि, नेप्से कि ? सिडिएस कि, शेयर दलाल कि लगानीकर्ता आफैं हो ?’

लगानीकर्ताहरुले तत्काल जवाफ फर्काउँछन्, ‘मुख्य समस्याको जड धितोपत्र बोर्ड नै हो । अनलाइनले पनि समस्या धेरै भएको छ । तर बोर्डले बजारका लागि गर्नु पर्ने प्राथमिकताका काम नगरी अरु कामलाई केन्द्रमा राख्दा हाम्रो अभिवावकले हामीलाई वेवास्ता गरेको महसुस भएको छ सचिव ज्यू ।’

कोठा बाहिरबाट कार्यालय सहयोगीको फोन आउँछ । सचिवले सोध्छन्, ‘को आयो सम्पर्कमा ?’

उताबाट जवाफ आउँछ, ‘सम्पर्क त भयो । तर बोर्डका अध्यक्ष कार्यालयमा हुनुहुन्न रे । विदा बस्नु भएको जस्तो कुरा आयो । के गर्ने सर ?’

‘अरु को छ, कार्यकारी निर्देशक वा प्रमुख कार्यकारी ? जो भए पनि सम्पर्क गराउनुस् ।’ फोन राखिदिन्छन् ।

केही बेर भलाकुसारी चल्दै गर्दा शेयर दाललको कमिशन दर, वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स लगायत विषयमा पुुग्दासम्म कार्यालय सहयोगीको फोन आएन ।

उनले मन्त्रालयका उच्च अधिकृतलाई फोन गरेको प्रष्ट हुने गरी अर्को फोन घुमाए अनि भने, ‘तपाईले भोलि धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्की, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, सिडिएसका गुप्ता जी लगायतलाई एकै पटक वा अलग अलग समयमा छलफलमा बोलाएर मलाई खबर गर्नुस ।’

फेरी उनी लगानीकर्तासँग बोल्न मात्र के थालेका थिए, अर्को फोन घुमाए आन्तरिक राजश्व विभागका महानिर्देशकलाई ।

‘यो शेयर बजारमा लगाउने भनिएको प्यानको सम्बन्धमा भएको के हो ? यसले समस्या निम्त्याउने हो कि ? खरिदमा मात्र प्यान अनिवार्यको कुरा रहेछ, बिक्रीमा प्यान नचाहिने भनिएको हो कि के हो ? अलि अव्यवहारिक भयो कि भन्ने कुरा आयो ।’

‘एक पटक यो विषयमा अलि गम्भिर भैदिन पर्यो ।’ सचिवले महानिर्देकलाई भने । अनि फोन राखे ।

लगानीकर्तातर्फ फर्किर सचिवले भने, ‘तपाईले भन्नु भएको नाबालकलाई अनि विदेशमा रहेका शेयर बजारमा लगानी गर्न चाहने नेपालीलाई प्यानमा कसरी आबद्ध गर्ने भन्ने नयाँ कुरा आयो । म अहिले नै यस विषयमा केही भन्न त सक्दिन । तर नतिजा देखिहाल्नु हुनेछ ।’

अनलाइन प्रणालीका सम्बन्धमा पनि विशेष चासो दिएका उनले भने, ‘मैले बोर्ड, नेप्से लगायत ठाउँका हाकिमलाई बोलाई सकेको छु । यसमा पनि नतिजा आउँछ । तपाईहरुसँग म निरन्तर सम्वादमा बस्छु । मलाई झक्झक्याउने काम निरनतर रुपमा गरिदिनु होला ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।