हकप्रद निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद जारीपछि ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।
लघुवित्तले चालु आवको दोस्रो त्रैमासमा ११ करोड ३४ लाखरुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात १२.२७ गुणा बढी छ ।