राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ को २ स्थानीय तहमा मात्रै शाखा विस्तार गर्न बाँकी छ । यस्तै प्रदेश २ र गडण्की प्रदेशको ३ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छन् ।
यसैगरी प्रदेश ३ को ५, सुदूरपश्चिम प्रदेशको ६, प्रदेश १ को ८ र कर्णाली प्रदेशको १५ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेको छैन् ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या माघसम्ममा १५७ पुगेको छ । असार मसान्त सम्ममा १५१ थियो ।
माघ मसान्त सम्ममा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ७२ लघुििवत्त वित्तीय संस्थाहरु संचालनमा छन् । यस अवधि सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ७३१ पुगेको छ ।
त्यसमा वाणिज्य बैंकको ३ हजार २६६, विकास बैंकको १ हजार १८१, वित्त कम्पनीको १९७ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ८७ गरी ७ हजार ७३१ वटा शाखा पुगेको हो ।
यस अवधिमा कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन् ।
त्यस मध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४२ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ ।