शिवम् सिमेन्टको आईपिओ सूचीकरण प्रकृयामा, कहिले खुल्ला कारोबार ?

Mar 18, 2019 Merolagani

शिवम् सिमेन्ट (SCL) ले गत फागुन २२ गते साधारण बाँडफाँड गरेको शेयर कारोबारका लागि सूचीकरण प्रकृया अगाडि बढाएको छ। कम्पनीले कारोबारका लागि सिडिएस एण्ड क्लियरिङ्ग र नेप्सेमा सूचीकरणका लागि निवेदन दिइसकेको जनाएको छ।

शिवम् सिमेन्टका वित्त विभाग प्रमुख ज्योति जङ्ग थापाका अनुसार सिडिएससीबाट स्वीकृती प्राप्त भएपछि गत बिहीबार नेप्सेमा सूचीकरणका लागि निवेदन दिइएको छ । 

नेप्सेको सूचीकरण शाखाले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ बमोजिम शिवम् सिमेन्टले पेश गरेको सूचीकरण कागजात अध्ययन भैरहेको जनाएको छ ।

नेप्से स्रोतका अनुसार कम्पनीले बुझाएको कागजात हेरेर कम्पनीको शेयर सूचीकरण प्रकृया अगाडि बढ्नेछ। सबै प्रकृया पूरा भएपश्चात नियमावलीमा उल्लेख भएबमोजिमको शेयर सूचीकरण सम्झौता सम्पन्न हुनेछ।

यसपश्चात नेप्सेले बढीमा एक साताभित्र कम्पनीको नेटवर्थका आधारमा सुरु कारोबार मूल्य (ओपनिङ्ग रेञ्ज) प्रदान गर्नेछ । यहि मूल्यको आधारमा कम्पनीको शेयर कारोबार सुचारु हुनेछ।

यसरी हेर्दा शिवम् सिमेन्टको आईपिओमा लगानी गरेका लगानीकर्ताले अर्को सातासम्ममा कारोबार गर्न पाउने अवस्था देखिएकाे छ। कम्पनीले दिएको निवेदन अधिकतम एक महिनाभित्र सूचीकरण भैसक्नुपर्ने कानुनी प्रावधान छ ।

शिवम् सिमेन्टले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सर्वसाधारणले शिवम्को आईपिओमा पाँच हजार २२० कित्तासम्म माग गरेका सर्वसाधारणले माग अनुसार नै शेयर पाएका थिए । पाँच हजार २२० कित्ता माथि आवेदन गरेका आवेदकले भने समानुपातिक रुपमा ५ हजार ६४० कित्ता र यसरी बाँडफाँड गरेर बाँकी रहेको ११५ शेयर ६ हजार ५३० कित्तादेखि १० लाख कित्तासम्म आवेदन गरेका ३८ आवेदकमध्ये गोलाप्रथाबाट ११ जना आवेदकलाई थप १० कित्ताका दरले ११० कित्ता शेयर बाँडफाँड गरिएको हो। यसरी बाँकी रहेको ५ कित्ता शेयर फेरि तीनै आवेदकमध्ये गोलाप्रथाबाट थप १ कित्ताका दरले ५ जना आवेदकलाई बाँडफाँड गरिएको थियो। स्थानीयतर्फ भने सबैले मागेजति शेयर पाएका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।