एनएमबि बैंकको ऋणपत्र ढिलो मितिसम्म खुला रहने

Mar 18, 2019 Merolagani

एनएमबि बैंक (NMB) ले निष्काशन गरेको ऋणपत्र ढिलो मितिसम्म खुला हुने भएको छ। बैंकले फागुन ३० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा छिटोमा चैत ४ गते बन्द हुने समयावधि रहेकोमा आवश्यक आवेदन नपर्दा समय लम्बिने भएको हो।

एनएमबि बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारणका लागि बैंकले ११ लाख ४० हजार कित्तामा आवेदन मागेकाेमा १० हजार कित्ता ऋणपत्रका मात्र बिक्री भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरको कुल ३० लाख युनिट ‘१०५ एनएमबि डिबेन्चर २०८५’ बिक्री खुला गरेको हो। जसमध्ये सर्वसाधारणमा बिक्री गरिने लागि १२ लाख कित्तामध्ये ६० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेराे शेयर तथा सि आश्वा प्रणाली मार्फत चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कूल निष्काशन ३० लाख अर्थात ६० प्रतिशत बराबरको १८ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

ऋणपत्रले इक्रा नेपालबाट ‘इक्रा एनपी एलए माइनस’ रेटिङ्ग प्राप्त गरेको छ । जसले रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।

एनएमबि बैंकले निष्काशन गरेको दश वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा २ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन, २० करोड विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने योजना बैंकको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।