नागरिक लगानी कोषलाई अर्थमन्त्रीको चेतावनी : 'ब्याजदर तलमाथि गर्ने कोशिस नर्गनुस् '

Mar 18, 2019 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानीकोष (CIT) लाई मुद्राबजारमा नखेल्न निर्देशन दिएका छन् । कोषको २९ औं बार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कोषको गतिविधि नजिकबाट नियालिरहेको बताए ।

अर्थमन्त्री खतिवडाले भने, 'पूँजी बजारमा नै तपाईहरुको लागि पर्याप्त लगानीको क्षेत्र छ । मुद्रा बजारमा धेरै नखेल्नोस् तपाईहरुको क्षेत्र मुद्रा बजार होइन् । तपाईहरु पूँजीबजारको सक्रिय खेलाडि हो । मुद्राबजारमा नेखल्नुस् । ब्याजदर तलमाथि पार्ने कोशिस नर्गनुस् ।' 

यस्तै नियामक निकाय छैन भनेर भ्रममा नपर्न सचेत गराउदै उनले तपाईहरुको नियमनकारी निकाय छ । अहिले अर्थमन्त्रालयले नजिकबाट हेरिरहेको बताए । साथै उनले अहिले कोषको नियमन अर्थमन्त्रालयले गर्दे आएको भएपनि राष्ट्र बैंकलाई हेर्न दिने तयारी भईरहेको खुलासा समेत गरे ।

दिर्घकालिन पूँजीबजारमा कोषको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दे अर्थमन्त्री खतिवडाले धितोपत्र बजारबाट पूँजी उठाउन चाहाने र ऋण लिन खोज्नेलाई सहजिकरण गर्नुपर्ने बताए । उनले कोषलाई विचलित र हात फैलाउनु पर्ने अवस्था नरहेको भन्दै दिएको काम गर्न र नदिएको काममा आँखा नलगाउन सुझाब समेत दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।