४० प्रतिशत शेयर स्वामित्व रहेको राष्ट्र बैंक त्यस विद्येयक पारित भएपछि बाहिरिने भएको छ । काषेले आयोजना गरेकै कार्यक्रमा पनि अर्थमन्त्री र राष्ट्र बैंकका कामु गर्भनरले शेयर स्वामित्व निकाल्ने जनाएका थिए ।
कोषलाई सरकारले नियमन गर्न राष्ट्र बैंकलाई जिम्मा दिने भएपछि राष्ट्र बैंकले आफ्नो पूँजी निकाल्न लागेको भन्ने थियो । तर, अब नयाँ कानुन लागू भएपछि भने राष्ट्र बैक स्वत निस्किनेछ ।
राष्ट्र बैंकको ठाँउमा राष्ट्रिय बीमा संस्थानको पूँजी थपिएको छ । संस्थानको ३१.५ प्रतिशत शेयर हिस्सा हुने विधेयकमा उल्लेख छ । यस्तै सरकारले शेयर स्वामित्व पनि बढाएको छ । हाल कायम १० प्रतिशतलाई बढाएर २३.३४ प्रतिशत पुर्याइएको छ ।
नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा कायम गरिएको छ ।