लगानीकर्ताले घाेषणा गरेकाे कार्यक्रम अबान्छित- बाेर्ड, संयम बन्न आग्रह

Mar 18, 2019 Merolagani

आगामी चैत्र १५ र १६ गते काठमाण्डौंमा हुन गइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्व सन्ध्यामा सम्मेलनलाई प्रतिकूल प्रभाव पार्ने गरी लगानीकर्ताको हकहित हेर्ने केही लगानीकर्ता संघ-संस्थाबाट आन्दोलनको कार्यक्रम सार्वजनिक भएकोमा धितोपत्र बाेर्डले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले एक बिज्ञप्ति जारी गर्दै लगानीकर्ताहरूले घोषणा गरेको आन्दोलनलाई गैर व्यवसायिक र अवान्छित कार्यक्रम भनेको छ। लगानीकर्ताहरूले अर्थमन्त्रीको राजीनामा, नियामक निकायका प्रमुखको घर घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका थिए । बिज्ञप्तिमा यस्ता कृयाकलापले नियमनकारी निकाय कमजोर हुने, बजार सु संचालन र लगानीकर्ताको हित संरक्षणमा नकारात्मक प्रभाव पने बताइएको छ ।

बोर्डले धितोपत्र बजारमा उल्लेख सुधार गरेको दाबी गरेको छ । बिज्ञप्तिमा बोर्डले आश्वा प्रणालीको सुरूवात, नगद लाभांश तथा शेयर शेयरधनीको बैंक खाता तथा डिम्याट खातामा जम्मा हुने, आईपिओदेखि शेयरको लिष्टिङ्गसम्मको छ महिनाको अवधिलाई ४० दिन पारिएको, आईपिओ शेयर वितरण समय ९० दिनलाई एक हप्तामा घटाईएको, शेयरको समावेशी वितरण प्रणाली अन्तर्गत कम्तिमा १० कित्ता पाउने प्रावधानले काठमाडौ लगायत ७७ जिल्लाबाट डिम्याट खातामार्फत लगानीकर्ताको संख्या बढेको, काठमाडौंमा केन्द्रित दोश्रो बजार काठमाडौं बाहिर ४१ स्थानमा पुगिसकेको लगाएतलाई बोर्डको सफलता भनिएको छ। बोर्डले आन्दोलन घोषणा गरेका लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ ।

बोर्डले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेपनि लगानीकर्ताले उठाएका मागहरूको बिषयमा कुनै प्रतिकृया दिएको छैन। अनलाइन प्रणलीका कारण लगानीकर्तामा आएको चरम निरासाको बारेमा बिज्ञप्ति मौन छ। उच्चस्तरीय कार्यदलले दिएका सुझावहरू कार्यान्वयनमा भएको ढिलासुस्ती प्रति लगानीकर्ताले पटक पटक बोर्डको ध्यानाकर्षण गर्दै आएका छन्। केही समय पहिले बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको कार्यशैलीप्रति ब्रोकहरू पनि आन्दोलित थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।