गुराँस लाइफ इन्स्योरेन्स लाभांश र हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Mar 19, 2019 Merolagani

गुराँस लाइफ इन्स्यारेन्स कम्पनी (GLICL) ले आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट प्रस्ताव गरेको ८ प्रतिशत बोनस तथा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

गुराँसले हकप्रद साधारण सभा प्रयोजनका लागि चैत ६ गते शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ।, यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र उक्त हकप्रद र लाभांश पाउन योग्य हुनेछन् । चैत ४ गते सोमबार कम्पनीको प्रतिकित्ता ७३६ शेयरमूल्य रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीले लाभांश पारित गर्न चैत २१ गते बिहीबार, बिहान ११ बजे, बानेश्वर ब्याङक्वेट थापागाँउ काठमाण्डौंमा नवौं वार्षिक साधारण सभा डाकेको छ ।

सभामा इन्स्योरेन्स सञ्चालक समितिले आर्थिक वर्ष २०७३/०७४ को सञ्चित मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत (२५ लाख १ हजार ५३ रुपैयाँ) नगद लाभांश अनुमोदन गर्नेछ ।

यस्तै साधारण सभाले बीमा समितिको निर्देशन अनुसार बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले ५० प्रतिशत बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। ५० प्रतिशत हकप्रद प्रयोजनको लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्ने भएकाले चैत ५ गतेसम्म कायम शेयरधनीहरूले ५० प्रतिशत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

यसैगरि बीमा समितिको निर्देशन अनुसार कम्पनीले आफ्नो अधिकृत, जारी तथा चुक्ता पूँजी २ अर्ब कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदन गर्नेछ । नयाँ सञ्चालक सौरभ दुगडको नियुक्तीलाई पनि साधारण सभाले अनुमोदन गर्नेछ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ४ करोड ९ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ ।यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ५१.४४ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।