युनिभर्सल पावरको शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार

Mar 19, 2019 Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) को चैत ५ गते नेपाल स्टक एक्सचेञ्जमा २ करोड १० लाख ३ हजार ५०० कित्ता शेयर सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको चुक्ता पूँजीको ४६ प्रतिशत बराबरको ९३ लाख २७ हजार ४१० कित्ता र स्थानीय बासिन्दालाई जारी गरेको ३ लाख ३४ हजार २०० कित्ता शेयर सहित कूल ९६ लाख ६१ हजार ६१० कित्ता र संस्थापक समूहको चुक्ता पूँजीको ५४ प्रतिशत अर्थात एक करोड १३ लाख ४१ हजार ८९० कित्ता गरि कूल २ करोड १० लाख ३ हजार ५०० कित्ता शेयर सूचीकरण गराएको हो ।

सूचीकरण सम्झौतामा दोस्रो दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार सुचारु हुने उल्लेख भएपनि बुधबार फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेकाले नेप्सेमा युनिभर्सलको शेयर कारोबार बिहीबारदेखि सुचारु हुनेछ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँदेखि अधिकतम ३०३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्राप्त गर्ने देखिन्छ ।

युनिभर्सल पावरले गत माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणमा साधारण शेयर ( आईपिओ) जारी गरेर फागुन १५ गते बाँडफाँड गरेको थियो ।

युनिभर्सल पावरले दोलखाामा २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लागतमा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।