नबिल बैंकको संस्थापक शेयर साधारणमा रुपान्तर नगर्ने हो भने यसो गर्नुहाेस्

Mar 19, 2019 Merolagani

नबिल बैंक (NABIL) ले तत्कालिन एनआईडिसी डेभलपमेण्ट बैंकले बिक्री गरेको १० प्रतिशत संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने भएको छ । शेयर रुपान्तरण गर्न नचाहने संस्थापक शेयरधनीहरुलाई लक्षित गर्दै बैंकले एउटा सूचना निकालेको छ ।

बैंकले भनेको छ, '१० प्रतिशत संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रकृया अघि बढाइएको छ । 

साधारण शेयरमा रुपान्तरण नगरी संस्थापक शेयरका रुपमा नै राख्न चाहनेहरुले १५ दिन भित्रमा नबिल इन्भेष्टमेण्ट बैंकिगंको कार्यालयमा सम्पर्क गरी निवेदन दिनुहोला ।'

बैंकको शेयर रुपान्तरण गर्न नचाहनेहरुले दिनु पर्ने निवेदनको ढाँचा यहाँ उपलब्ध छ । उक्त ढाँचामा नबिल बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो बिवरण भरेर बुझाएको खण्डमा शेयर संरचनामा परिवर्तन नगरिने बैंकले जनाएको छ ।

निवेदन नदिने संस्थापक शेयरधनीको हकमा भने स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये १० प्रतिशत  (८० लाख ३७ हजार २९ कित्ता)  शेयर साधारणमा रुपान्तरण हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।