ग्रीन डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने

Mar 21, 2019 Merolagani

वाग्लुङ्गमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको छ। बैंकले चैत २८ गते आह्वान गरेको छैटौं वार्षिक साधारण सभामा बैंकले सो प्रस्ताव गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश प्रस्ताव नगरेको बैंकले तनहुँ र नवलपुर जिल्ला थप गरि पाँच जिल्ला कार्यक्षेत्र विस्तार गर्ने एजेण्डा सभामा राखेको छ।

यसैगरि वाफिया बमोजिम बैंकको सञ्चालक पुन नियुक्ति हुन सक्ने वा नसक्ने व्यवस्था गर्ने, बैंकको प्रवबन्धपत्र तथा नियमावलीमा आवश्यक सँसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ । 

सभाले आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, वासलात सहितको सञ्चालक समितिको प्रवेदनमाथि छलपल गरि पारित गर्नेछ भने आर्थिक वर्ष २०७५/७६ का लागि बाह्व लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत गर्ने कार्यक्रम साधारण सभामा रहेको छ ।

बैंकले चैत २८ गते बिहीबार होटल पिस प्यालेस, बाग्लुङ्गमा छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।