लामो समयसम्म नचलाइएका बैंक खाता निष्कृय हुने

Mar 21, 2019 Merolagani

बैंक खाता खोलेर लामो समयसम्म नचलाइएका खाता निष्कृय हुने भएका छन्।  राष्ट्र बैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म बचत खातामा कारोबार नभए त्यता खाताहरुलाई निष्कृय गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंंकले कल र चल्ति खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई समेत निष्कृय गर्ने व्यवस्था गरेको छ ।

यदि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्था बमोजिम निष्कृय गरिएका खाताहरुको हकमा यसै व्यवस्था बमोजिम अध्यावधिको गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । निष्कृय भएको खाता अद्ययावधिक गराउन चाहेमा भने ग्राहकले बैकमा एउटा निवेदन दिए मात्र पुग्नेछ ।

बैंकहरुमा खाताको संख्या थपिदै जाने तर उक्त खाता मार्फत नियमित कारोबार नहुने समस्याको समाधान गर्न राष्ट्र बैंकले यस्तो निर्देशन गरेको हो । निष्कृय बचत खाताहरुलाई निष्कृय भए पछि सकृय रुपमा कारोबार हुने खाता मात्र सञ्चालनमा रहने छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।