स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड हुँदै, २५ हजार २०० जनाले १० कित्ताका दरले पाउने

Mar 24, 2019 Merolagani

स्पर्श लघुवित्त वित्तीय संस्था (SPARSHA) ले निष्काशन गरेको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार (आज) बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाडँफाँड हुँदैछ। आईपिओमा २५ हजार २०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

स्पर्शको आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरको माग सदर भएको छ। 

आईपिओमा आवेदन गरेका ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हरेक आवेदकलाई १० कित्ता शेयरका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार कूल आवेदकको ८.४५ प्रतिशत अर्थात २५ हजार २०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । आईपिओमा आवेदन गरेका २ लाख ७३ हजार १५३ जना अर्थात ९१.५५ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको हो । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा आवेदन खुला गरेको थियो ।

आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । यस्तै संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७।५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२।५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा कायम हुनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।