लघुवित्तको १०.४५ प्रतिशत बोनस पश्चात नेप्सेले प्रतिकित्ता ५५१ रुपैयाँ ५८ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । यसअनुसार सोमबार लघुवित्तको शेयर कारोबार खुलेको हो ।
लघुवित्तको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधार मूल्य ७२४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ ।
मिथिला लघुवित्तले चैत २३ गते लाभांश पारित गर्न दशौं वार्षिक साधारण सभा डाकेको छ । लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि लघुवित्तले सोमबारदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गरेको हो । यसअनुसार चैत १० गते आइतबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।
सभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने, पूँजी वृद्धि, सञ्चालक नियुक्ति, कार्यक्षेत्र विस्तार, मर्जर प्राप्तीमा जान सञ्चालक समतिलाई अख्तियारी प्रदान गर्ने र हाल लघुवित्तमा कायम रहेको संस्थापक।साधारण (७०:३०) शेयर संरचना परिवर्तन गरि संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ । यस्तै सर्वसाधारण शेयर सरह संस्थापक शेयर कारोबार गर्ने सम्बन्धि प्रस्ताव पनि साधारण सभामा रहेको छ ।