ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण

Mar 26, 2019 Merolagani

ज्योति विकास बैंकको १३ लाख ४४ हजार ५३१ दशमलव २९ कित्ता संस्थापक शेयर सर्वसाधारण (अरडिनरी) शेयरमा रुपान्तरण भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज मार्फत सो जानकारी दिएको हो।

यससँगै बैंकमा संस्थापक-साधारण शेयर अनुपात ५५:४५ कायम भएको छ। यसअघि बैंकमा संस्थापक शेयरको अनुपात ६०.४५ प्रतिशत र सर्वसाधारणको ३९.५५ प्रतिशत रहेको थियो । 

ज्योति विकास बैंकको गत असोज २९ गते सम्पन्न एघारौं वार्षिक साधारण  सभाबाट संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत रहने गरि बाँकी संस्थापक शेयरलाई सर्वसाधारण शेयर सरह दोस्रो बजार मार्फत कारोबार गर्नसक्ने गरि सर्वसाधारण शेयरमा परिवर्तन गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित भएको थियो।  साेही अनुसार राष्ट्र बैंककाे स्वीकृति लिएर  बैंकले संस्थापक शेयरकाे अनुपात घटाएकाे हाे ।

अब संस्थापकबाट साधारण शेयरमा रूपान्तरण भएकाे १३ लाख ४४ हजार ५३१ दशमलव २९ कित्ता शेयर सर्वसाधारण शेयर सरह नेप्सेमा खरिद बिक्री गर्न सकिनेछ।

ज्योति विकास बैंकले यहि चैत १५ गतेदेखि हाम्रो विकास बैंकसँगलाई एक बराबर एक शेयर अनुपातमा प्राप्ती (एक्विजिशन) गरेर एकीकृत कारोबार सुरु गर्दैछ । 

चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार ज्योतिको चुक्ता पूँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ भने हाम्रो विकास बैंकको ५० करोड ४० लाख ५३ हजार रुपैयाँ छ। एकीकृत काराेबार पश्चात ज्योतिको चुक्ता पूँजी ३ अर्ब ९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।