रिलायन्स फाइनान्स क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएस प्रणालीमा आबद्ध

Mar 26, 2019 Merolagani

रिलायन्स फाइनान्स (RLFL)  नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा चैत ११ गतेदेखि कारोबार शुरु गर्ने आबद्ध भएको छ ।

यससँगै अब रिलायन्स फाईनान्सका ग्राहकहरुले पनि यस प्रणालीको डब्लु डब्लु डट कनेक्ट आईपिएस डट कम अथवा मोबाईल एप्सबाट आफ्नो खाता मार्फत अनलाईन कारोबार गर्न सक्नेछन्।

यस प्रणालीमा बैंक तथा फाईनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरोसेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवे जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले अनलाईन कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रूपैयाँसम्मको भुक्तानी कारोबार गर्न सक्नेछन्।

कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा हाल सम्म ५२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ४५ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।