साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ३५% लाभांश पारित, लक्ष्मीदास मानन्धर पुनः अध्यक्ष चयन

Mar 26, 2019 Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) को ५२ औं वार्षिक साधारणले आ.व.२०७४/०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर गरि कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

उक्त सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले आ.व. २०७४/०७५ मा ९ अर्ब ६९ करोडको कारोबार गरि कर्पोरेशनले एक अर्ब १० करोड ८१ लाख रुपैयाँ कुल मुनाफा आर्जन गर्न सफल भएको बताए। 

अघिल्लो वर्ष आ.व. २०७३/०७४ मा ८ अर्ब ५८ करोडको कारोबार भएको थियो। कर्पोरेशनले चालु आवको सुरुको ७ महिनाको कारोबार तर्फ माघ मसान्तसम्म ४ अर्ब ७९ करोड व्यावसायिक कारोबार गरेको छ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको बताए।

चिनी आयातमा भएको व्यवधान बारे जानकारी गराउँदै उनले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेबारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताए ।

व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको बताए ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५/०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २० हजार मे.टन, डिएपी २० हजार मे. टन र पोटास २ हजार ५०० मे. टन आयात भईसकेको र बाकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले बताए।

कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्ष पदमा पुनः लक्ष्मीदास मानन्धर

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित हुनु भएको छ । सञ्चालक समितिको बैठकले  मानन्धरलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्व साधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको पनि निर्विरोध निर्वाचित गरेको थियो ।

यसरी निर्वाचित हुने सञ्चालकहरुमा लक्ष्मीदास मानन्धर, कीर्ति कुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन रहेका छन् । नवनिर्वाचित सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।