इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनी बन्ने बुधबार अन्तिम अवसर

Mar 27, 2019 Merolagani

बुधबार इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनी बन्ने अन्तिम अवसर रहेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता गरिसकेको जेबिल्स फाइनान्सले लिलामीमा ल्याएको संस्थापक शेयर सकार्ने ब्यक्ति बैंकको संस्थापक शेयरधनी बन्नेछन्।

जेबिल्स फाइनान्सले शेयर चैत ५ गते मंगलबारदेखि ३ लाख ४० हजार ९५५ दशमलव ५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ। यसअघि लिलामी बिक्रीमा ल्याउँदा सबै बिक्री नभएपश्चात फाइनान्सको फेरि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

फाइनान्सको लिलामी शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीबाट चैत्र १३ गतेसम्म बुधबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

बोलपत्रमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा आवेदन गर्न सकिनेछ। बोलत्रप भर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ।

विगतमा लिलामी बिक्री नभएपनि हाल जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता भएकाले यस पटक भने फाइनान्सको सबै संस्थापक शेयर बिक्री हुने सम्भावना छ। लिलामी मार्फत फाइनान्सको यो शेयर सकार्ने लगानीकर्ताहरु इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनी हुनेछन्।

फाइनान्सले यसअघि पुस १० देखि १७ गतेसम्म संस्थापक समूहको ६ लाख ६५ हजार ९५५ दशमलव ५० कित्ता र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२ दशमलव ५० कित्ता शेयर लिलामीमा ल्याएको थियो। सो समयमा सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो।

कम्पनीले गत असार १० देखि साउन २८ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।