दुई कम्पनीको बोनस नेप्सेमा सूचीकृत

Mar 27, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार दुई कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका बोनस शेयर कारोबारका लागि सूचीकृत भएको छ।

स्टकका अनुसार बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता र नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हजार २७० कित्ता बोनस सूचीकरण भएको हो । 

बैंक अफ काडमाण्डू (BOKL) को गत माघ १७ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र १४ प्रतिशत शेयर लाभांश पारित भएको थियो। सोही शेयर बुधबार सूचीकरण भएको हो । बोनसपछि बिओकेको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ।

यसैगरि नेशनल माइक्रोफाइनान्स (NMFBS) को गत मंसिर २८ गते सम्पन्न पाँचाैं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत शेयर लाभांश पारित भएको थियो । सोही शेयर बुधबार सूचीकरण भएको हो । बोनसपश्चात लघुवित्तको चुक्ता पूँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।