खेतान परिवारको अंशवण्डा कार्यान्वयनले लक्ष्मी बैंकको अधिक शेयर कारोबार

Mar 27, 2019 Merolagani

बुधबार नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंकको शेयर अधिक कारोबार भएको छ । दोस्रो बजारमा चलिरहेको मूल्यमा राजेन्द्र खेतानको परिवारिक अंशवण्डा कार्यान्वयन गर्दा लक्ष्मी बैंकको अधिक शेयर कारोबार भएको बुझिएको छ ।

मेरोलगानी स्रोतका अनुसार राजेन्द्र खेतानको परिवारमा यस अघि भएको अंशवण्डामा भएको सम्झौता अनुसार लक्ष्मी बैंकको शेयर एक व्यक्तिबाट अर्कोकोमा सारिएको हो ।

अंशवण्डामा भएको सम्झौता अनुसार लक्ष्मी बैंकको शेयर पारिवारिक रुपमा कारोबारमा आएका कारण लक्ष्मी बैंकको धेरै शेयर कारोबार भएको हो । मेरोलगानी स्रोतले भन्यो ।

नेपाल स्टक एक्सचेञ्जमा बुधबार बजार बन्द हुन झण्डै ३० मिनेट बाँकी हुँदा लक्ष्मी बैंकको २६ करोड ५३ लाख ३ हजार ५२७ रुपैंया बराबरको १३ लाख ९५ हजार ७९६ कित्ता शेयरहरु कारोबार भएका छन् ।

यस क्रममा खेतान परिवारको पारिवारिक शेयरहरु ४९ नम्बर तथा १६ नम्बर शेयर दलालकोबाट सार्ने काम भएको देखिन्छ । धेरै शेयरहरु भने ४९ नम्बर दलालकोमा नै म्याचिगं भएको छ ।

पारिवारिक हस्तान्तरणका क्रममा कसका नामबाट ककसका नाममा शेयर सारिएको, त्यो भने खुल्न सकेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।