एन.सी.सी. बैंक अवकाश कोषको संचित बचतको ७० प्रतिशत लाभांश वितरण

Mar 27, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्श बैक अन्तर्गत सञ्चालित एन.सी.सी. बैंक अवकाश कोषले गत आर्थिक वर्षको सञ्चित बचतबाट ७० प्रतिशत अर्थात् ३ करोड ६२ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । कोषले सञ्चित बचतबाट आफ्ना ग्राहकहरुलाई उक्त लाभांश वितरण गरेको हो ।

बैंकले दुई सय भन्दा बढी संघ सस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश रकम ग्राहकहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको कोषले जनाएको छ ।

कोषले विगत वर्षहरुमा पनि सञ्चित बचत रकमबाट  बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको छ । साथै सबै ब्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा दिने गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।