शिवम् सिमेन्टको लाभांश घोषणा

Mar 28, 2019 Merolagani

शिवम् सिमेन्ट (SHIVM) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको चैत १३ गते बुधबार सम्पन्न ५६ औं बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

शिवम सिमेन्टले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँकाे १५.७८९५ प्रतिशत ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित)  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो   

कम्पनीले प्रस्ताव गरेकाे लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ । 

शिवम् सिमेन्टले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

चैत ५ गते नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर चैत ७ गते बिहीबार नेप्सेको अनलाइन प्रणालीमा शिवमको 'स्पेसल प्रि ओपन सेसन'  मा म्याचिङ्ग हुन नसक्दा चैत १० गते आइतबार देखि मात्रै कारोबार भएको थियो ।

नयाँ कम्पनीलाई प्रदान गर्ने नयाँ विन्डोबाट कारोबार गर्नुपर्ने चैत ७ गते बिहीबार काराेबार हुन नसकेपछि आइतबार देखि मात्रै कारोबार सुरु भएको थियो ।

नेप्सेले शिवम् सिमेन्टको पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४६४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज तोकिएको थियो । त्यस पछि लगातार ३ दिन नेगेटिभ सर्किट लागेको थियो भने चौथौं दिन पनि शिवमको शेयर मूल्यमा गिरावट आएको थियो ।  साे पछि बुधबारदेखि भने कम्पनीकाे शेयरमूल्य बढ्न थालेकाे हाे ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।