जेबिल्स फाइनान्सले घोषणा गर्याे लाभांश

Mar 28, 2019 Merolagani

जेबिल्स फाइनान्सले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको १.७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता गरिसकेको फाइनान्सले १.२४ प्रतिशत शेयर लाभांश र बाेनसकाे कर प्रयाेजनका लागि ०.५० प्रतिशत नगद  लाभांश प्रस्ताव गरेकाे हाे।

फाइनन्सको चैत्र १३ गते बुधबार बसेको सञ्चालक समितिको १८७ औं बैंठकले चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँको १.२४ प्रतिशत अर्थात एक करोड ३२ लाख ५६१ रुपैयाँको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे।

सञ्चालक समितिले प्रस्ताव गरेकाे  उक्त लाभांश वितरण गर्ने निणर्य नेपाल राष्ट्र बैंकको स्वीकृती र फाइनान्सको आगामी साधारण सभाले अनुमोदन गरे पश्चातमात्र  शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

फाइनान्सले ३ लाख ४० हजार ९५५ दशमदव ५० कित्ता संस्थापक शेयर लिलामीबाट बिक्री गररसकेको छ भने बाँडफाँड हुन बाँकी छ। सो लिलामीको हकप्रदले पनि उक्त लाभांश पाउनेछ। फाइनान्सले हकप्रदले पनि पाउनेगरि लाभांश घोषणा गरेको हो।

इन्भेष्टमेन्ट बैंकले किन्ने भएपछि जेबिल्स फाइनान्सको नेप्सेमा फागुन २७ गतेदेखि शेयर कारोबार बन्द छ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।