ग्रामीण विकास लघुवित्तले तोक्यो ५०% हकप्रदकाे बुकक्लोज

Mar 28, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) ले ५० प्रतिशत हकप्रदको लागि बुक क्लोज गर्ने मिति तोकेकाे  छ। लघुवित्तले हकप्रद प्रयोजनको लागि चैत २९ गते बुक क्लोज गर्ने भएको हो ।

लघुवित्तकाे सञ्चालक समितिको चैत १४ गते बसेको १२२ औं बैठकले हकप्रद शेयर प्रयोजनको लागि चैत २९ गते बुक क्लोज गर्ने निर्णय भएको हो ।

लघुवित्तको असोज ५ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँको ५० प्रतिशत अर्थात १ को अनुपात ०.५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने  प्रस्ताव पारित गरेकाे थियाे ।

लघुवित्तले ३२ करोड ७५ लाख रूपैयाँ बराबरको प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३२ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।