त्रिशुलीको आईपिओ: भाग्यमानी ५० हजार २६७ जनाले पाए ३० कित्ता, बाँकीलाई २० मात्रै

Mar 28, 2019 Merolagani

त्रिशुली जलविद्युत कम्पनी (TJVCL) ले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओमा आवेदन गरेका ५० हजार २६७ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सहित कूल ३० कित्ताका दरले शेयर हात पारेका छन्। बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएकाे छ।

आईपिओमा आवेदन गरेका कूल एक लाख ५४ हजार ५५९ आवेदन सदर भएकाे थियाे । जसमध्ये एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा उक्त आईपिओ शेयर बाँडफाँड गरिएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो ।

आईपिओमा एक लाख ५४ हजार ५५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको थियो। आईपिओबाट कम्पनीले ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

यस कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई २० कित्ताका दरले समानुपाति रुपमा सबै एक लाख ५४ हजार ५५९ आवेदकलाई २० कित्ताका दरले ३० लाख ९१ हजार १८० कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको पाँच लाख दुई हजार ६७० कित्ता शेयर ५० हजार २६७ जना आवेदकलाई गोलाप्रथाबाट थप १० कित्ता वितरण गरिएको हो ।

कम्पनीले कूल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीलाई छुट्टाएर ३५ लाख ९३ हजार ८५० कित्ता शेयर निष्काशन गरेको थियो।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो।

पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो। बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।