त्रिशूलीको आईपिओमा आवेदन गरेका ६७ आवेदन रद्ध, कतै तपाई त पर्नुभएन ?

Mar 28, 2019 Merolagani

त्रिशूली जलविद्युत कम्पनी (TJVCL) ले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयरमा आवेदन गरेका एक लाख ५४ हजार ६२६ आवेदकमध्ये ६७ वटा आवेदन रद्ध भएको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ वटा र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन गरि कूल ६७ वटा आवेदन रद्ध भएको हो । 

आयोजनाको शेयरमा आवेदन गरेका सदर भएका एक लाख ५४ हजार ५५९ आवेदकमध्ये ५० हजार २६७ जना भाग्मानी आवेदनले गोलाप्रथाबाट थप १० कित्ता सहित ३० कित्ताका दरले शेयर हात पारेका छन् भने एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ता मात्र शेयर प्राप्त गरे ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई २० कित्ताका दरले समानुपाति रुपमा सबै एक लाख ५४ हजार ५५९ आवेदकलाई २० कित्ताका दरले ३० लाख ९१ हजार १८० कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको पाँच लाख दुई हजार ६७० कित्ता शेयर ५० हजार २६७ जना आवेदकलाई गोलाप्रथाबाट थप १० कित्ता वितरण गरिएको हो । 

कम्पनीले कूल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीलाई छुट्टाएर ३५ लाख ९३ हजार ८५० कित्ता शेयर निष्काशन गरेको थियो।

माथिल्लो त्रिशुली–३ “बी”को आइपिओ प्रधानमन्त्रीलाई कति कित्ता पर्यो ?

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओ प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ। प्रम  ओलीकाे धर्मपत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ। आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन गरेका थिए ।                                    

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि जलविद्युतको २० कित्ता नै आईपिओ परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

मन्त्री वर्षमान पुनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ । ऊर्जामन्त्री पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए । यस्तै ऊर्जा सचिवलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार अपरान्ह १ बजे आईपिओ बाँडफाँड गरिएको थियो ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो।

पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो। बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ।

कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो। पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो। बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।