त्रिशुलीको आईपिओ नतिजा मेरोलगानीमा, यसरी हेर्नुहोस् नतिजा

Mar 28, 2019 Merolagani

त्रिशुली जलविद्युत कम्पनी (TJVCL) ले निष्काशन गरेको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओ बाँडफाँड भएको छ। कूल एक लाख ५४ हजार ५५९ सदर आवेदकमध्ये ५० हजार २६७ जनाले ३० कित्ताका दरले शेयर पाएका छन् भने एक लाख चार हजार २९२ जनाले २० कित्ताका दरले शेयर पाए।

  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो ।

आईपिओमा एक लाख ५४ हजार ५५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको थियो। 

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धित कम्पनी त्रिशूली जलविद्युत कम्पनी छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ

 

प्रधानमन्त्रीदेखि ऊर्जा सचिवसम्म सबैले पाए २० कित्ता शेयर

त्रिशूली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा  १० हजार कित्ता आवेदन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ। प्रम ओलीकाे धर्मपत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ। आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले थिए ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि जलविद्युतको २० कित्ता नै आईपिओ परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। मन्त्री वर्षमान पुनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ। ऊर्जामन्त्री पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए। यस्तै ऊर्जा सचिवलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार अपरान्ह १ बजे आईपिओ बाँडफाँड गरिएको थियो।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो ।

पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो । बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।