शुक्रबार तीन कम्पनीले लाभांश पारित गर्दै

Mar 29, 2019 Merolagani

चैत १५ गते शुक्रबार कृषि विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स र नागबेली लघुवित्तले साधारण सभा सम्पन्न गर्दैछन्। कृषि विकास बैंक र नागबेली लघुवित्त गत आर्थिक वर्ष तथा नेशनल लाइफले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव पारित गर्न लागेका हुन्।

कृषि विकास बैंक (ADBL

कृषि विकास बैंक ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ। गत आर्थिक वर्ष २०७४।७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।

लाभांश पारित गर्न बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन १ गते सम्पन्न ७३६ औं बैठकले चैत १५ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा सभा आह्वान गरेको हो।

लाभांश वितरणका लागि बैंकले फागुन १६ गते बिहीबार बुकक्लोज गरिसकेको छ। यसअनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

यहि नाफाबाट बैंकले शेयरधनीलाई ५१ करोड तीन लाख १२ हजार ९६० रुपैयाँ बराबरको बोनस तथा एक अर्ब २८ करोड दुई लाख ९० हजार नगद लाभांश गरि कूल एक अर्ब ७९ करोड ६ लाख तीन हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। यस्तै सरकारले अग्राधिकार शेयर वापतको ६ प्रतिशतले हुन आउने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश लैजानेछ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब एक करोड ५५ लाख २८ हजार ९६० रूपैयाँ पुग्नेछ ।

नेशनल लाइफ इन्स्योरेन्स (NLICL

नेशनल लाइफ इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३।७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर पारित गर्दैछ ।

कम्पनीले केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले चैत १ गते देखि १५ गते सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार फागुन ३० गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

साधारण सभाले ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गरी जारी पूँजी ४ अर्ब पुर्याउने तथा हाल कायम रहेको संस्थापक समूह क र विदेशी लगानीकर्ता समूह ख लाई एउटै समूह क मा राख्ने र ख हटाउने प्रस्ताव पनि रहेको छ। यसपछि ख बाट प्रतिनिधित्व हुने संस्थापक सञ्चालक पनि क बाटै प्रतिनिधित्व हुनेछ।

यसैगरि २९ औं वार्षिक साधारण सभाबाट शेयरधनी समुह ‘ख’ वर्गबाट निर्वाचित र विज्ञ सञ्चालकको रिक्त सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि सभामा छ।

नागबेली लघुवित्त (NBBL)

नागबेली लघुवित्त ले गत वर्षको मुनाफाबाट चुक्ता पूँजी १५ करोड ३२ लाख ९९ हजार ४५९ रुपैयाँको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश पारित गर्नेछ।

साथै साधारण सभाले बोनस पश्चात कायम पूँजीको २५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव समेत साधारण सभामा पेश गर्दैछ।

लघुवित्तले चैत १५ गते शुक्रबार बिहान ११ः३० बजे झापाको वित्र्तामोडमा अवस्थित आदर्श बैंकेटमा नवौं वार्षिक साधारण सभा बोलाएका छ ।

साधारण सभाले एक करोड ४३ लाख ८० हजार ४१ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७ लाख ५६ हजार ८४४ रुपैयाँ नगद गरि कूल एक करोड ५१ लाख ३६ हजार ८५५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले फागुन २९ गते देखि चैत १५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।