सिद्धार्थ बैंकको बोनस सूचीकृत

Mar 29, 2019 Merolagani

सिद्धार्थ बैंक (SBL) को ४२ लाख ३२ हजार १९२ दशमलव ६४ कित्ता शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको छ। बैंकको गत आर्थिक वर्षको साधारण सभाबाट उक्त बोनस पारित भएको थियो ।

सिद्धार्थ बैंकको गत पुस २३ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले गत वर्ष २०७४/७५ को नाफाबाट चुक्त्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँको ५ प्रतिशत बोनस बराबरको ४२ करोड ३२ लाख १९ हजार २६४ रुपैयाँ बराबरको बोनस र कर प्रयोजन सहित ८.१६ प्रतिशत अथार्त ६९ करोड ०६ लाख ९३ हजार ८३८ रुपैयाँ नगद लााभांश गरि कूल १३.१६ प्रतिशत लाभांश पारित भएको थियो । 

बैंकले लाभांश प्रयोजनका लागि पुस ९ गते बुकक्लोज गरेकाले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

बोनस वितरण पश्चात सिद्धार्थ बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० रूपैयाँ कायम भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।