ग्लोबल आइएमई बैंक पनि सबै ऋणपत्र बिक्री गर्न असफल, ३८ करोडको मात्र पर्याे आवेदन

Mar 29, 2019 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले फागुन १४ देखि चैत १४ गतेसम्म जारी गरेको ऋणपत्रमा सामूहिक लगानी काेष सहित  ३८ करोड १६ लाख ६१ हजार रुपैयाँको आवेदन परेको छ। बैंकले ६० कराेड रूपैयाँ बराबरकाे ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएकाेमा २१ कराेड ८३ लाख ३९ हजार रूपैयाँ बराबरकाे ऋणापत्र बिक्री नभएकाे हाे।

बैंकको ऋणपत्र निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अन्तिम दिन बिहीबारसम्ममा सर्वसाधारण लगानीकर्ताबाट एक हजार ४४५ आवेदनवाट ३ लाख ७८ हजार ६६१ कित्ताको लागि ३७ करोड ८६ लाख ६१ हजार रुपैयाँको आवेदन परेको हो।

बैंकले निष्काशन गरेको कूल एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ६ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। सर्वसाधारणमा बिक्रीमा ल्याएको ६ लाख ऋणपत्रमध्ये ३ हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ७८ हजार ६६१ कित्ता सर्वसाधारण गरि कूल ३ लाख ८१ हजार ६६१ अर्थात ६३.६१ प्रतिशत ऋणपत्र मात्र बिक्री भएको हो ।

सर्वसाधारणमा निष्काशित ऋणपत्रमध्ये ३६.५७ प्रतिशत बराबरको दुई लाख १८ हजार ३३९ कित्ता ऋणपत्रका लागि आवेदन नपरेको हो। जारी १५ लाख ऋणपत्रको ६० प्रतिशत बराबरको ९ लाख इकाई भने बैंकले व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ। व्यक्तिगत तवरबाट खरिद भएकाे तथ्याङ्क हाल प्राप्त हुन सकेकाे छैन। 

ऋणपत्रमा प्रतिइकाई एक हजार रुपैयाँका दरले न्यूनतम २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि ७५ हजार इकाईको लागि ७ करोड ५० लाख रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

ग्लोबल आइएमई बैंकले निष्काशन गरेको पाँच वर्ष अवधिको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०/८१ जारी गरेको हो । जसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

बैंकको ऋणपत्रले इक्रा नेपालबाट न्यून कर्जा जोखिम जनाउने ’इक्रा एनपी एलए माइनस’ ग्रेडिङ्ग प्राप्त गरेको छ ।

ग्लोबल आइएमई बैंकले पूँजी कोष वृद्धि गर्न, बैंकको प्रबन्धपत्रमा उललेख भएको उदेश्य प्राप्त गर्न तथा सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी जुटाउनका लागि ऋणपत्र जारी गरेको हाे।

यसअघि बैंकले २०६९ असार ३१ गते ४० करोड बराबरको ऋण्पत्र जारी गरेको थियो । यसको अवधि २०७६ असार ३१ गते समाप्त हुँदैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।