त्रिशुली थ्री बीले शेयरधनीको खाताबाट आईपिओको पैसा तान्न थाल्यो

Mar 29, 2019 Merolagani

त्रिशुली थ्र बी जलविद्युत आयोजनामा शेयर पाउनेहरुको खाताबाट प्रतिकित्ता १० रुपैंयाको दरमा रकम तान्ने काम सुरु भएको छ । कम्पनीको आईपिओका आवेदकहरुलाई २० र कित्ताको दरमा शेयर बाँडफाँड भएकोमा लगानीकर्ताहरुको बैंक खाताबाट २०० तथा ३०० रुपैंया तान्ने क्रम सुरु भएको हो ।

२० कित्ता शेयर परेकाहरुको बैंक खाताबाट २०० रुपैंया तानिएको छ भने ३० कित्ता शेयर पाउनेहरुको बैंक खाताबाट ३०० रुपैंया रकम तानिएको छ । योसँगै शेयर आवेदन गर्दा माग गरिएको शेयर बराबरको रकम पनि फुकुवा गरिएको छ ।

अहिले प्रतित्तिा दश रुपैंयाका दरले अग्रिम रुपमा मात्र रकम संकलन गरिएको हो । जलविद्युत आयोजना निर्माणको काम ५० प्रतिशत पुरा भए पछि आयोजनाले सबै शेयरधनीबाट बाँकी रहेको ९० प्रतिशत रकम संकलन गर्नेछ ।

त्यस बेला २० कित्ता शेयर पाएकाहरुले १ हजार ८ सय तथा ३० कित्ता शेयर परेकाहरुले २ हजार ७ सय रुपैंया रकम भुक्तान गर्नु पर्ने हुन्छ । सो पश्चात मात्र लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउने काम सुरु हुनेछ ।

थप सामग्री यहाँ बाट हेर्नुहोस् ।......

...[माथिल्लो त्रिशुली थ्री बीका शेयरधनीले कहिले बेच्न पाउँछन् शेयर ?]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।