नेपाल लाइफको संस्थापक शेयर किन्न एनआईसी एशिया बैंकलाई बीमा समितिको अंकुश

Mar 29, 2019 Merolagani

क्याप्टिभ इन्भेष्टमेन्ट प्रालिले एनआईसी एशिया बैंकलाई बिक्री गर्न खाजेको संस्थापक शेयर बिक्री नगर्न बीमा समितिले निर्देशन दिएको छ । बिमकको संस्थागत सुशासन निर्देशिका, २०७५ बमोजिम क्याप्टिभले एनआइसी एशिया बैंकलाई नेपाल लाइफको संस्थापक शेयर बिक्री गर्न नमिल्ने प्रष्ट पारेको हो ।

क्याप्टिभले आफ्नो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ७७ हजार ३४९ कित्ता शेयर एनआईसी एशिया बैंकलाई बिक्री गर्नका लागि नेपाल लाइफ इन्स्यारेन्समा निवेदन दिएको थियो । सोही सम्बन्धमा नेपाल लाइफले बीमा समितिसँग स्वीकृति माग गरेको थियो । तर समितिले संस्थागत शुसासनका कारण क्याप्टिभले बैंकलाई शेयर बिक्री गर्न नसक्ने परिपत्र नेपाल लाइफलाई पठाएको हो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।