डिप्रोक्स लघुवित्तको बोनस वितरण

Mar 31, 2019 Merolagani

डिप्रोक्स लघुवित्त ले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस लाभांश वितरण गरेको छ।

लघुवित्तको माघ ११ गतेसम्पन्न साधारण सभाबाट १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरि कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । 

उक्त लाभांश लाभांश मध्ये १० प्रतिशत बोनस शेयर साधारण सभाका लागि बुकक्लोज हुँदाको मिति (पुस २५ गते) सम्म डिम्याट गराएका शेयरधनीको हितग्राही खातामा वितरण गरेको हो। डिप्रोक्स लघुवित्तले साधारण सभाबाट पारित भएको ७ लाख ३ हजार १०० दशमलव ४० कित्ता बोनस शेयर चैत ४ गते  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

यसअघि नै माघ १६ गते नगद लाभांश वितरण गर्न कम्पनीले शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन सूचना जारी गरिसकेको छ

साथै साधारण सभाका लागि बुकक्लोज मिति पश्चात भौतिक (कागजी) शेयर अभौतिकिकरण गएका शेयरधनीलाई क्रमश वितरण गर्दै जाने र हालसम्म पनि कागजी शेयर प्रमाणपत्र रहेका शेयरधनीलाई पनि अभौतिकिकरण गरेपश्चात स्वत शेयरधनीको हितग्राही खातामा वितरण गरिने लघुवित्तको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।

यसैगरि हालसम्म पनि कागजी प्रमाणपत्र हुने शेयरधनीलाई कम्पनीले शेयर डिम्याट गर्न र निक्षेप सदस्यमा क्लियरिङ्ग हाउसको सदस्य रहेको बैंक खाता अद्यावधिक गराउन समेत भनेको छ ।

शेयर डिम्याट नगरि बोनस पाउन र बैंक खाता अद्यावधिक नगराएसम्म नगद लाभांश प्राप्त नहुने भएकाले शेयरधनीले आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गरेर बैंक खाता अद्यावधिक गराउनु अनिवार्य बन्न जान्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।