सेञ्चुरी बैंकको क्यालेन्डरको बिमोचन

Mar 31, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले तयार पारेको २०७६ सालको क्यालेन्डर बिमोचन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बिमोचन गरेका हुन् ।

भिजिट नेपाल २०२० को सन्दर्भ पारेर बैंकले क्यालेन्डरमा सातवटा प्रदेशहरुमा रहेका पर्यटकिय स्थलहरुलाई समेटेको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदा तथा चाडपर्वहरु उल्लेख गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरका साथै उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट बैंकिंग सेवा प्रदान गर्दै आईरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।