अनलाइन कारोबारका प्रयोगकर्ताले क्लियरिङ हाउसको विद्युतीय प्रणालीबाट भुक्तान गर्न सक्ने

Apr 01, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताको सहजतालाई भन्दै अनलाइन कारोबार प्रणालीमा धेरै बैंक तथा वित्तीय संस्थालाई आबद्ध गराउने भएको छ । अहिले यो प्रकृयालाई अन्तिम निर्णयमा पुर्याउनका लागि आवश्यक गृहकार्य भैरहेको नेप्सेले जनाएको छ । छिट्टै क्लियरिङ हाउसका सदस्य बैंकका सेवाग्राहीसम्म पुग्ने नेप्सेले जनाएको छ ।

विगतमा ग्लोबल आईएमई बैंकबाट मात्र शेयर कारोबारको राफसाफ गराईदै आएको थियो ।

अनलाइन कारोबार प्रणालीको विकास हुँदै गर्दा नेप्सेले थप ३ वाणिज्य बैंकहरुलाई राफसाफको काममा भित्र्याएको थियो । अनलाइन कारोबार प्रणाली सञ्चालनमा आए पछि नेप्सेले ४ वटा बैंकहरु मार्फत भैरहेको राफसाफ प्रणालीलाई अनलाइनमा इन्टिग्रेट गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र सिद्धार्थ बैंक अहिले नेप्सेको अनलाइन प्रणालीमा इटिग्रेट छन् । यसका साथै नेपाल क्लियरिङ हाउस पनि प्रणालीमा इन्टिग्रेट भैसकेको भए पनि हाउसका सदस्य बैंकमा सेवा लिएका लगानीकर्ताहरु अनलाइन प्रणालीमा आबद्ध हुन सकिरहेका छैनन् ।

४ वटा क्लियरिङ बैंकमा सेवा नलिएका ठुलो संख्याका लगानीकर्तालाई ध्यानमा राखेर नेपाल क्लियरिङ हाउसको विद्युतीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट पनि रकम हस्तान्तरण गराउने काम तिब्र बनाइएको नेप्सेले जनाएको हो ।

नेप्सेले भनेको छ, हाल नेप्सेको प्रणाली सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा ४ क्लियरिङ बैंकको प्रणालीसँग एकिकृत छ । नट्सलाई नेसनल क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा आवद्ध गराई त्यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन रकम हस्तान्तरणको व्यवस्था मिलाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।