कन्सल्टेन्सी मेटल्स फोकसका अनुसार, यो वर्ष दुनियाँमा ४ हजार ३७० टन सुन खपत हुनेछ । जुन सन् २०१५ पछिको सबैभन्दा धेरै हो र सन् २०१८ को भन्दा थोरै बढी हो । विश्वबजारमा २०१८ मा ४ हजार ३६४ टन सुन खपत भएको थियो ।
गोल्ड फोकस रिपोर्ट २०१९ को रिपोर्टमा यो वर्ष सुनको मूल्य औसतमा एक हजार ३१० डलर अउन्स हुने अनुमान लगाइएको छ । सन् २०१३ पछिको यो सबैभन्दा अधिक हुनेछ । २०१८ मा सुनको औसत मूल्य एक हजार २६८ थियो ।
हाल करिब एक हजार ३०० डलर प्रति अउन्समा सुनको कारोबार भइरहेको छ । मेटल फोकसका अनुसार, यो वर्ष ज्वेलरीका लागि सुनको खपत ३ प्रतिशतले बढेर २ हजार ३५१ टन पुग्नेछ । जुन ठूला दुई बजार, भारतमा ७ प्रतिशत र चीनमा ३ प्रतिशतले बढ्नेछ ।
२०१८ मा सरकारी क्षेत्रबाट सुनको खरिददारी करिब ७५ प्रतिशतले बढेको थियो । रिपोर्टका अनुसार यो वर्ष सुन भण्डारण ९ प्रतिशतले बढेर ६०० टन पुग्ने अनुमान लगाइएको छ । मेटल्स फोकसका अनुसार, सुनको मूल्य वृद्धिसँगै अमेरिकाको फेडरल रिजर्भको ब्याजदरमा वृद्धिको अन्त्य हुनेछ ।
साथै दुनियाँभरमा राजनीतिक र आर्थिक अनिश्चितताको अन्त्य हुनेछ । तर डलर मजबुत भयो भने सुनको लाभ सीमित हुने बताइएको छ । पारम्परिक समयदेखि नै सुनलाई लगानीका लागि सुरक्षित क्षेत्र मान्दै आइरहेको छ ।
-राेयटर्स