नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्न बोर्डको अनुमति

Apr 02, 2019 Merolagani

नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्ने धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गर्ने बोर्डले अनुमति दिएको हो ।

लघुवित्तले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
यस्तै घोडाघाडी लघुवित्त र शिवश्री हाइड्रोपावर आईपिओ निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ ।

घोडिघाेडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ६०० कित्ता सर्वसाधारण शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो।

यस्तै शिवश्री हाइड्रोपावर ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ।

घोडाघाडी लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबनधकमा प्रभु क्यापिटल र शिवश्री हाइड्रोपावरको सिद्धार्थ क्यापिटल रहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।