युनाइटेड इन्स्योरेन्सको पूँजी वृद्धि अभियान: साढे ७२ कराेडकाे हकप्रदलाई ग्रेड ४ रेटिङ्ग

Apr 02, 2019 Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न जुटेकाे छ। जसका लागि कम्पनीले हकप्रद निष्काशन प्रकृयालाई अगाडि बढाएको हाे। कम्पनीले जारी गर्ने हकप्रदलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ।

केयर रेटिङ्गस् नेपालले इन्स्योरेन्सको हकप्रदलाई दिएको ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसतमा भन्दा तल आधार रहेको जनाउँछ । 

इन्स्योरेन्सको गत फागुन १६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरकाे ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्ने पारित गरेको थियो ।

बीमा समितिले बोनस वितरणमा अंकुश लगाएपछि कम्पनीले भारी मात्रमा हकप्रद जारी गरेर बीमा समितिले तोकेको पूँजी कायम गर्ने तयारी थालेको हो ।

दुई सय चालिस प्रतिशत हकप्रद जारी पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।