सनराइज बैंक र डलर स्मार्ट ग्लोबल बीच रेमिट्यान्स् सम्झौता,कुनै पनि सेवा शुल्क नलाग्ने

Apr 02, 2019 Merolagani

सनराइज बैंक(SRBL) र डलर स्मार्ट ग्लोबल बीच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहनु भएका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ।

यसरी डलर स्मार्ट मार्फत पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने बताइएको छ । हाल यो सुविधा अष्ट्रेलिया र हङ्रकङ्रमा मात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा विस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने छ ।

डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नुपर्नेेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ ।

साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

यस सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा अझ वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।