हिमालय ऊर्जाको आईपिओ खुल्यो, ६ हजार ५०० कित्तासम्म भर्न पाइने

Apr 03, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) ले चैत २० गते बुधबार (आज) देखि सर्वसाधारणमा १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

कम्पनीले जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

निष्काशित १४ लाख ८५ हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत बराबरको ७४ हजार २५० कित्ता र कर्मचारीहरुलाई दुई प्रतिशत बराबरको ४४ हजार ५५० कित्ता छुट्टाएर बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो। 

आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन्।

यस्तै मेरो शेयर प्रयोगकर्ताले यसको प्रग गरेर शेयर भर्ने सुविधा रहेको छ। आईपिओ चैत २० देखि छिटोमा चैत २५ गते निष्काशन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने बैशाख १९ गतेसम्म खुला रहनेछ।

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।

आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ । संस्थापक सञ्चालक, र आयोजना प्रभावितका लागि शेयर खरिद गरिसकेका व्यक्तिले यस आईपिओमा आवेदन गर्न पाउने छैनन् ।

कम्पनीले यसअघि रामेछाप र दोलखा जिल्लाको आयोजना प्रभावित बासीन्दालाई यस अघि नै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरि पुस ६ गते बाँडफाँड गरिसकेको छ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले धितोपत्र बोर्डबाट माघ २१ गते दोस्रो चरणमा १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँको शेयर साधारणका लागि निष्काशन गर्न स्वीकृति पाएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।