सेञ्चुरी बैंकले शेयर ब्रोकर सम्बन्धी कार्य गर्ने, मर्जर वा एक्विजिशनमा पनि इच्छुक

Apr 03, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले शेयर बोकर सम्बन्धी गर्ने तथा मर्जर वा एक्विजिशनमा जाने विशेष प्रस्ताव सहित आठौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको चैत १९ गते बसेको संचालक समितिको २८३ औं बैठकले बैशाख १२ गते बिहीबार बिहान ११ः३० बजे, आर्मी अफिर्सस क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा बोलाएको हो।

साधारण सभामा बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी समबन्धी कार्य गर्ने व्यवस्था गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्न तथा गाभिन (मर्जर) वा प्राप्ति एक्विजिशन गर्ने, स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायत काम गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ। यसअघि साना वित्तीय संस्थाहरूलाई आफुमा मिलाएको यस बैंकले अझै सो मार्ग खुला गर्न लागेको हो ।

यसै गरी आर्थिक वर्ष २०७४/७५ सम्म कायम चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँको १६ करोड ५० लाख रुपैयाँ अर्थात २ प्रतिशत बोनस र ३७ करोड १२ लाख रुपैयाँ अर्थात ४.५० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पूँजी रहेको सेञ्चुरीको बोनस वितरण पश्चात ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै साधारण सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरूको पनि निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले चैत २९ गते देखि बैशाख १२ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २८ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।