युनियन हाइड्रोपावर र हिमालय उर्जाको आईपिओमा कति पर्यो आवेदन ?

Apr 04, 2019 Merolagani

युनियन हाइड्रोपावर (UHCL) ले चैत १३ देखि निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा चैत २१ गते बिहीबार बिहान साढे १० बजे सम्ममा २८ करोड ३ लाख ७८ हजार रुपैयाँको आवेदन परेको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार ३५ हजार ८६ जनाबाट २८ लाख ३ हजार ७८० कित्ताको माग भएको हाे।

कम्पनीले चैत १३ देखि ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो । त्यस अनुसार अझै ६ लाख ५९ हजार ८७४ कित्ता शेयर बिक्री हुन बाँकी छ ।

बिक्रीमा ल्याइएको आइपिओमा १७ गते सम्ममा पर्याप्त आवेदन नपरेपछि ढिलोमा बैशाख १२ गतेसम्म आवेदन गर्न मिल्ने गरी समयावधि लम्बिएको थियो। बैशाख १२  भन्दा अगाडि नै बिक्रीमा ल्याइएका शेयर बिक्री भएको खण्डमा भने पूर्व सूचना दिएर कुनै पनि दिन बिक्री प्रबन्धकले आईपिओ निष्काशन बन्द गर्नेछ ।

इच्छुकले लगानीकर्ताले मेरो शेयर सफ्वेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ। आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने 'इक्रा एनपी आईपिओ ग्रेड ५' रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ । हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ ।

हिमालय ऊर्जाको आईपिओमा पहिलो दिनमा नै ६ करोडको आवेदन

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को आईपिओमा पहिलो दिन बुधबार साढे ६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार बुधबार ७ हजार ९०९ जना आवेदकबाट ६ लाख ३४ हजार १४० कित्ता शेयरको माग भएको हो।

कम्पनीले चैत २० गते बुधबार देखि जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता शेयर साधारणको लागि निष्काशन गरेको हो ।

निष्काशित शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत बराबरको ७४ हजार २५० कित्ता र कर्मचारीहरुलाई दुई प्रतिशत बराबरको ४४ हजार ५५० कित्ता छुट्टाएर बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् ।

आईपिओमा चैत २५ गते सम्म आबेदन गर्न सकिने व्यवस्था छ। त्यस अवधिमा आवश्यक आवेदन नपरे बैशाख १९ गतेसम्म आईपिओ खुला रहनेछ । आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ ।

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।