त्रिशुली जलविद्युतको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

Apr 04, 2019 Merolagani

जनताको जलविद्युत अन्तर्गत साधारण शेयर जारी गरेको त्रिशुली जलविद्युत कम्पनी (TJVCL) ले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। त्रिशुली जलविद्युत कम्पनीले आफ्नो शेयर सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायतका काम गर्न ग्लोबल आइएमई क्यापिटललाई नियुक्ती गरेको हो

कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत गत चैत ७ देखि ११ गतेसम्म ३५ लाख ९३ हजार ८५० कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि निष्काशन गरेर चैत १४ गते बिहीबार बाँडफाँड गरेको थियो। कम्पनीको एक लाख ११ हजार १५० कित्ता शेयर भने कर्मचारीहरुका लागि छुट्टाइएको थियो।

जसमा प्रधानमन्त्री सहित एक लाख चार हजार २९२ जनाले २० कित्ताका दरले न्यूनतम २० कित्ता र अधिकतम प्राप्त गर्ने ५० हजार २६७ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपिओमा एक लाख ५४ हजार ५५९ वटा आवेदन सदर भएको थियो भने संस्थागत र दोहोरो आवेदन गरेका १९ सहित कूल ६७ आवेदन रद्ध भएको थियो।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो।

पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो। बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ्ग कम्पनी मार्फत भइरहेको छ ।

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना वि.सं. २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ।

शेयर निष्काशन गरेको मितिबाट साधारण लगानी फिर्ता हुन ७।९५ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुन ११।८२ वर्ष लाग्ने कम्पनीले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।