उक्त खातामा उच्च ब्याजदर प्राप्त हुने बैंकले जनाएको छ। निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा,१८ घातक रोगहरु लागेमा १५ लाख सम्मको बीमा सुविधा तथा एक लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा प्राप्त हुने बैंकले जनाएको छ।
साथै कर्जामा विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले सबैलाई फाइदा पुग्ने बैंकको दाबी छ।
बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको २८१ वटै शाखा कार्यालयहरु र अनलाइन बाट खाता खोल्न सकिने बैंकले जनाएको छ। बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा स्वीप इन र स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्धती खाताकै सुविधाहरु पाईनेछ।
मुलुकभर २८१ शखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।