बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कम्पनीको शेयरमा दोस्रो दिन बिहीबार साँझ ५ बजेसम्ममा २१ हजार ५८० जना आवेदकहरुले १६ लाख ७० हजार ९०० कित्ता शेयरको लागि १६ करोड ७० लाख ९० हजारको आवेदन परेको हो ।
कम्पनीले निष्काशन गरेको शेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयरमा चैत्र २० गतेबाट आवेदन माग गरेको थियो ।
कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ ।
अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले शेयर निष्काशन भएको दोस्रो दिन मै मागभएभन्दा १.२५ गुणा बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ प्रतिमेगावाटको उपल्लो खिम्ति र ७ प्रतिमेगावाटको अपर खिम्ति–क्ष्क्ष् गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।
विवरण पत्रमा उल्लेख भए अनुसार १९ प्रतिमेगावाट निर्माण गर्नको लागि लागत करिब ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रतिमेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।