एशियन लाइफ इन्स्योरेन्स बाह्राैं वर्षमा प्रवेश, साढे चार लाख बीमालेख जारी

Apr 05, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स बाह्रौं वर्षमा प्रवेश गरेको छ। २०६४ चैत्र देखि कारोबार सुरु गरेको इन्स्योरेन्सले एघारौं वर्ष पूरा गरी बाह्राैं वर्षमा प्रवेश गरेको हो। इन्स्योरेन्सले ११ वर्षको यस अवधिमा कूल ४ लाख ५५ हजार बीमालेख बिक्री गरेको छ । 

विसं.  २०७५ फागुन मसान्त सम्ममा १६ अर्व ६९ करोड प्रिमियम संकलन भएको एशियन लाइफ इन्स्योरेन्सले जनाएको छ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब रुपैयाँ भन्दा बढी रकम रहेको छ भने १५ अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको इन्स्योरेन्सको तथ्याङ्क छ। कम्पनीले देशभर रहेका ११५ वटा शाखा उपशाखा मार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको छ । 

वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले सामाजिक सेवालाई विशेष प्राथमिकता दिई नेपालको पूर्व देखि पश्चिममा चैत्र २१ गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । त्यस दिन कुल ७३५ जनाले रक्तदान गरेको इन्स्योरेन्सले जनाएको छ ।

यस्तै इन्स्योरेन्सले चैत्र २२ गते काठमाण्डौंमा जीवन बीमा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरेको थियो ।


हाल कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २० वटा जीवन बीमा योजनाहरु प्रचलनमा छ । साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ समेत प्रचलनमा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।