एक्सेल डेभलपमेन्ट बैंकको लाभांश वितरण, कागजी शेयर डिम्याट गर्न आग्रह

Apr 05, 2019 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गरेको १७ प्रतिशत नगद लाभांश वितरण गरेको छ। बैंकले फागुन २६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई उक्त लाभांश वितरण गरेको हो।

बैंकको चैत ११ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साथै बैंकले हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीहरुलाई आफुसँग रहेको शेयर अभौतिकिकरण (डिम्याट) गर्न आग्रह गरेको छ । आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था तथा नजिकैको रहेको कुनैपनि निक्षेप सदस्यकहाँ डिम्याट खाता खोली शेयर अभौतिकिकरण गर्न सकिनेछ ।

फागुन २६ गते पश्चात हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउने तथा शेयर डिम्याट गराउने शेयरधनीलाई पनि क्रमश शेयरधनीकै खातामा नगद लाभांश वितरण गर्ने जनाएको छ ।

यसैगरि बैंकले डिम्याट खातामा क्लियरिङ्ग हाउसबाट आईपिएस सदस्यता प्राप्त कुनेपनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर अद्यावधिक गराउन भनेको छ । बैंक खाताको विवरण हुबहु नभई लाभांश प्राप्त गर्न नसकेका शेयरधनीको विवरण बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेवसाइटमा राखिएकाले निक्षेप सदस्यकहाँ विवरण सच्चाउन सूचीत गरेको छ।

बैंकले जारी गरेको सूचना यहाँबाट हेर्नुहोस्

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।