हिमालय ऊर्जाको आईपिओ भर्नुभयाे ? साेमबार अन्तिम दिन

Apr 08, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) ले सर्वसाधारणमा बिक्री खुला गरेको आईपिओमा आवेदन गर्ने चैत २५ गते सोमबार (आज) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २० गतेदेखि जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।

५० देखि ६ हजार ५०० कित्तासम्म भर्न पाइने

आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ। संस्थापक सञ्चालक, र आयोजना प्रभावितका लागि शेयर खरिद गरिसकेका व्यक्तिले यस आईपिओमा आवेदन गर्न पाउने छैनन् ।

कम्पनीले यसअघि रामेछाप र दोलखा जिल्लाको आयोजना प्रभावित बासीन्दालाई यस अघि नै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरि पुस ६ गते बाँडफाँड गरिसकेको छ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले धितोपत्र बोर्डबाट माघ २१ गते दोस्रो चरणमा १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँको शेयर साधारणका लागि निष्काशन गर्न स्वीकृति पाएको थियो।

रेटिङ्ग भने कमजोर 

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।

आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्याहरु मार्फत ७७ जिल्लाबाटै आइपिओमा आवेदन गर्न सक्नेछन्।

यस्तै मेरो शेयर प्रयोगकर्ताले यसको प्रयोग गरेर शेयर भर्ने सुविधा रहेको छ। आईपिओमा सोमबार कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ।

कस्तो छ आयोजना ?

विसं २०५६ सालमा स्थापना भएको यस कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती आईआई (II) आयोजना निमार्ण गरेको छ। आयोजना रामेछाप र दोलखाको सीमामा पर्छ।

आयोजनाको अनुमानित लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ। १२ मेगावाटको उपल्लो खिम्तीको विद्युत बाहल अवधि विसं २१०४ पुस २ र ७ मेगावाटको अपर खिम्ती II आयोजनाको वि.सं. २१०६ चैत १२ सम्म बाहल रहनेछ।

चालु आवको अन्यमा दुई करोड एक लाख नोक्सानी व्यहोर्ने आयोजनाले आर्थिक वर्ष ०७६/७७ मा १३ करोड २९ लाख तथा ०७७/७८ मा ३१ करोड ३४ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने कम्पनीको प्रक्षेपण रहेको छ।

चालु आवको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ७६ पैसा, ०७६/७७ मा ११३ रुपैयाँ ४३ पैसा तथा ०७७/७८ मा १३१ रुपैयाँ ६६ पैसा पुग्ने कम्पनीको अनुमान रहेको छ।

उपल्लो खिम्ति तथा अपर खिम्ति २ जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैयाँ रहेको छ। यी आयोजनाबाट लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्ने विवरण पत्रमा उल्लेख छ । डिस्काउन्टेडमा लगानी फिर्ता हुने (पे ब्याक) अवधि भने ९.४३ वर्ष छ।

२.७३ गुणा बढीको आवेदन

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओमा ३७ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार चैत २४ गते आइतबारसम्म ५१ हजार ३०० बढी आवेदनबाट ३७ लाख ३५ हजार ३०० कित्ता शेयर माग भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ लाख ६६ हजार २०० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो। यो सर्वसाधारणमा निष्काशन भएको शेयरको तुलनामा २.७३ गुणा बढी हो।

comments powered by Disqus

लुम्बिनी विकास बैंकको खुद नाफामा आकर्षक बढोत्तरी

Apr 24, 2019

- प्रतिशेयर आम्दानीमा करिब १० रुपैयाँको सुधार।
लुम्बिनी विकास बैंक (LBBL) ले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च बढोत्तरी भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तेस्रो त्रैमासको तुलनामा ८६.२६ प्रतिशतले खुद नाफा बढेको हो।