नेपाल इन्स्योरेन्सको हकप्रद निष्काशन बन्द हुँदै

Apr 08, 2019 Merolagani

नेपाल इन्स्योरन्स (NICL) ले फागुन २१ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयर चैत २५ गतेदेखि बन्द गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले हकप्रद निष्काशन गरेको थियो।

कम्पनीले हकप्रद निष्काशनका लागि माघ २७ गते देखि २९ गतेसम्म बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन माघ २४ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । 

इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ।हकप्रदमा ग्लोबल आइएमई क्यापिटल जमल, नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यताको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको थियो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३७ कायम गरकेो छ। कम्पनीको धितोपत्रको चैत २४ गते आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३७२ रूपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।